ग्यास बुलेटमा आगलागी

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो ।

बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बुलेटमा ग्यास भए पनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *