📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

🕒 May 29, 2022

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गर्नुभएको छ ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उहाँको भनाइ छ ।

नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक विचार र प्रवृतिहरुबीच सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उहाँले कठिन मोडमा वाम–लोकतान्त्रिक शक्ति एक हुँदै आएको बताउनुभयो ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्नुभएका अध्यक्ष दाहालले जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षका क्रममा प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा बेपत्ता र घाइते भएका योद्धामा उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

आजको दिन नेपाली जनताको सदियौँदेखिको सङ्घर्षको परिणामस्वरुप निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो भन्दै अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानकै क्रममा संविधानसभाबाट संविधान निर्माण गरी मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि सङ्र्घषकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

निर्वाचनमा जीतहार भन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकामा आफूहरु हर्षित रहेको जनाउँदै उहाँले यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आभार प्रकट गर्नुभएको छ ।