मलखाद र बीउबिजन उपलब्ध गराउन माग

विभिन्न किसान सङ्गठनले मलखाद र बीउबिजनको समस्या झेलिरहेका किसानलाई तत्काल मलखाद र बीउबिजन उपलब्ध गराउन माग गरेका छन् ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान सङ्घ र अखिल नेपाल किसान युनियनले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी कार्यक्रम तर्जुमा गर्न सरकारसमक्ष माग गरेका हुन् ।

बदलिएको विश्व परिस्थितिलाई मध्यनजर गर्न आग्रह गर्दै मुलुकबाट अत्यावश्यक खाद्यान्न र खाद्यपदार्थको निर्यात तत्काल रोक्न र देशमा खाद्य सङ्कटको स्थिति आउन नदिन पूर्वतयारी गर्नसमेत विज्ञप्तिमा भनिएको छ ।

साथै देशभरका किसान र आम नागरिकको दैनिक जीवनमा गम्भीर प्रभाव पार्ने गरी भएको पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र जनतालाई राहत प्रदान गर्न माग गरिएको छ ।

कोरोना महामारीसँगै मुद्रास्फिति, चर्काे ब्याजदर, खाने तेललगायतका खाद्यवस्तुको चरम मूल्यवृद्धिले बहुसङ्ख्यक किसान तथा आम नागरिकको दैनिकी चलाउनसमेत समस्या आएकाले पेट्रोलियम पदार्थको कर समायोजन गरी मूल्यवृद्धि फिर्ता लिने विषयलाई गम्भीर रुपमा लिन सरकारसमक्ष अनुरोध गरिएको अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष प्रमेश पोखरेलले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *