कृषिमैत्री बजेट आएको भन्दै किसान खुसी

सरकारले कृषिमैत्री बजेट ल्याएको भन्दै म्याग्दीका किसान खुसी र उत्साहित भएका छन् । यो बजेट कार्यान्वयन भएमा कृषि कर्ममा लाग्नेलाई ठूलो राहत मिल्ने किसानको विश्वास छ ।

बेनी नगरपालिका– २ खबरामा तरकारी खेती गर्दै आउनुभएका जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले सरकारले यस पटकको बजेटमा कृषि क्षेत्रमा प्राथमिकता दिई किसानलाई विभिन्न सहयोग र अनुदानका साथै कृषि पेन्सनको व्यवस्था गरेकोमा प्रशन्नता व्यक्त गर्दै कार्यान्वय भएमा किसानले ठूलो राहत पाउन सक्ने बताउनुभयो ।

त्यसैगरी अर्का किसान शोभित सापकोटाले बजेट कृषिमैत्री रहेकोमा खुसी व्यक्त गर्दै किसानलाईलाई प्रोेत्साहित गर्ने खालको बजेट कार्यान्वयन राम्रोसँग भएमा किसानको अवस्थामा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । सापकोटाले टाठाबाठा र पहुँच हुनेका लागि मात्र भन्दा पनि वास्तविक रूपमा कृषि उत्पादनमा लागेकाका लागि बजेटको सही सदुपयोग हुनुपर्छ भन्नुभयो ।

सरकारले यस पटकको बजेटमा किसानलाई पेन्सन, कृषि एम्बुलेन्स सञ्चालन लगायतका अति महत्वपूर्ण कार्यक्रम ल्याएको बताउँदै उहाँले यी कार्यक्रम कार्यान्वयन भएमा कृषि क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात हुने विचार व्यक्त गर्नुभयो । मङ्गलाका किसान विष्णु पौडेलले पनि बजेट वक्तव्यमा किसानका लागि थुप्रै कार्यक्रम आएको बताउनुभयो ।“यसले कम्तीमा पनि हामी खेतबारीमा काम गर्ने वास्तविक किसानका लागि राहत मिल्नुपर्छ”, उहाँले भन्नुभयो ।

अनुदान लिनदेखि लिएर कृषि उपकरण एवं औँजार पाउनेसम्म पनि राजनीतिक दलका नेताको फेरो समाउनुपर्ने अवस्थाको अन्त्य गरेर बजेट कार्यान्वयनमा इमान्दारी र निष्पक्षता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड विनियोजन गरेको जानकारी दिनुभएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा कृषि तथा पशुपक्षी तर्फ ४५ अर्ब ९ करोड रकम विनियोजन भएको थियो । यस पटकको बजेटमा आएका किसानलाई पेन्सन कार्यक्रम, बाँझो जमिन लिएर खेती गर्ने, दूधको समर्थन मूल्य, कोल्ड स्टोर बनाउने, कृषि वस्तुको आयात घटाउने, उखुको कार्यक्रम, मेड इन नेपाल जस्ता कार्यक्रम कृषिमैत्री रहेका यहाँका किसानले बताएका छन


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *