बजेटमाथि सैद्धान्तिक छलफल सुरु

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्यायको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो ।

बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुका जवाफका लागि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेका दिनहरु तोक्नुभएको छ । संवैधानिक व्यवस्थानुसार हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *