महिलाको मृत्यु

श्रीमान्ले पाठेघर बाहिर तानी चोट पु¥याएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ः५० बजे मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई श्रीमान् ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानी चोट पु¥याएका थिए । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । जबर्जस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *