एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति ( हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको शुल्क तिर्न नसकेका अभिभावकले आफ्नो बच्चालाई एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना गराउने गरेको पाइएकाले विद्यालयको हस्तान्तरण प्रमाणपत्र अनिवार्य गरिएको हो ।

एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थी उक्त विद्यालयको सहमति बिना अन्य विद्यालयलाई भर्ना हुँदा विद्यालयलाई वार्षिक लाखौँ रुपैयाँ घाटा लागिरहेको भन्दै दुवै संस्थाले यस्तो सहमति गरेका हुन् । अबदेखि एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको हस्तान्तरण प्रमाणपत्र लिएर मात्र अन्य विद्यालयमा भर्ना गर्न पाउने गरी सहमति भएको एन प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । दुवै संस्थामा गरी पर्सामा करिब सय हाराहारीमा निजी विद्यालय आबद्ध रहेका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *