निःशुल्क एम्बुलेन्स सेवा

दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो । भौगलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरीकोट तथा काठमाडाँै जानुपर्ने बाध्यता रही आएको छ । यसअघि पालिकाभित्र तथा पालिकाभन्दा बाहिर जिल्लाभित्र र जिल्ला बाहिर बिरामी बोकेर जाने एम्बुलेन्सको लागि पालिकाले निश्चित भाडादर निर्धारण गरेको थियो । पालिकाभित्रका क वर्गका अपाङग तथा गर्भवतीका लागि स्वास्थ्य संस्थासम्म जानका लागि गाडी भाडाको अभावमा बस्नु्पर्ने बाध्यताको अन्त्य भएको र स्वास्थ्य क्षत्रमा सुधार हुने गाउँपालिकाका उपप्रमुख श्यामसुन्दर तामाङले बताउनुभयो ।

त्यस्तै कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र र पालिकाभित्रका अन्य वडालाई लक्षित गरी सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाले प्रत्येक साताको आइतबार र सोमबार भोर्लेबाट पालिकाले दिने सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । यसअघि पालिकाको कार्यालय सुरीबाट मात्रै प्रवाह हुने सेवालाई थानियको समस्यालाई मध्यनजर गर्दै भोर्लेबाट दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *