📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

आलुबालीमा कीराको प्रकोपले किसान चिन्तित

🕒 June 2, 2022

लगाइएको बाली कहिले जङ्गली जनावरले त कहिले कीराफट्याग्राले नष्ट गर्नथालेपछि यहाँका चिन्तित भएका छन् । वर्षेबाली बँदेल र दुम्सीले नष्ट गर्ने गरेकामा हिउँदे बालीका रुपमा लगाइएको आलुखेती कीराले नष्ट गरेको छ ।अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा कीराले नष्ट गरेकाले अहिले त्यहाँका किसान समस्यामा परेका छन् । सुरुमा हुर्कदै गरेको आलुको बोटमा कीराले सखाप पा¥योे । बचेका केही बोटमा फल लागे पनि कीराले नष्ट पारिदिएर उत्पादन घटेकामा किसान चिन्तित भएका हुन् ।

वडा नं ३ हाटगाउँका विभिन्न ठाउँमा आलुमा लाग्ने कीराका लार्भाले पातमा क्षति पु¥याउनका साथै फलमासमेत खोप्टा मात्रै बाँकी राखेकोे छ । हाल जिल्लाभरि नै आलुमा यस्तो समस्या देखिएको पीडित किसानले बिताए । पाँच क्विन्टल बीउबाट ४० देखि ५० क्विन्टलसम्म आलु उत्पादन हुने यो क्षेत्रमा अहिले भने बीउ बराबरको मात्रै आलु उत्पादन भएको स्थानीय किसान शेरबहादुर थापाले बताउनुभयो । कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत खेमराज पनेरुका अनुसार कीरालाई उपयुक्त हुने वतावरण मिलेका कारणले पनि आलु बाली नष्ट पारेको हुनसक्ने बताउनुभयो ।

कीरामा विषादी सहन गर्न ससक्ने क्षमता बढेको र वातावरण पनि अनुकूलन हँुदै आएका कारण टुटा, खुम्ले, स्केल, फेद कटुवा, रातो कमिलाको प्रकोप बढेको पाइएको उहाँले जानकारी दिनुभयो । माटो परीक्षण गरी कीरा तथा अन्य रोेग निरोपणका लागि विभन्न उपाय अपनाउन सकिने भएकाले यसबारे जानकारी लिन किसानलाई अधिकृत पनेरुले आग्रह गर्नुभयो ।

आलु फल्नै लाग्दा कीराले फल सबै सखाप पारेकाले कतिपय किसानले मेटासिट, कसैले खरानी र कसैले पसलमा पाइने अन्य औषधि खोजी गरी आलु बारीमा छर्न सुरु गरे पनि धेरै क्षेत्रफल जमिनमा सम्भव नभएको अर्का किसान ज्ञानुदेवी उप्रेतीको दुःखेसो थियो । उक्त नगरपालिकाका व्यावसायिक आलु खेती गरी जीविकोपार्जन गर्दै आएका किसान पनि यो पटक कीराको चपेटामा परेका हुन् ।आलुको बोट सबै कीराले नष्ट गरेको गुनासो गर्दै कृषक उप्रेतीले किसानको प्रमुख आयस्रोतको रुपमा रहेको बालीनै जोखिममा परेको बताउनुभयो । व्यावसायिक रुपमा आलु खेती गर्ने किसानले वर्सेनि जोखिम मोल्दै आउनुपरेको छ । कुनै वर्ष खडेरी, कहिले असिनापानी र कहिले कीराले आलु बाली नष्ट गर्ने गरेको उनीहरुको भनाइ छ