📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण

🕒 June 2, 2022

पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो ।

शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, वडा नं ५ मा छात्र २८१ र छात्रा २८८ गरी ५६९ तथा वडा नं ६ मा छात्र १९४ र छात्रा १९६ गरी ३९० विद्यार्थीको मुटु परीक्षण गरिएको हो । त्यसमध्ये एक विद्यार्थीलाई काठमाडौँ र सात विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेजमा थप परीक्षणका लागि पठाइएको छ ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ कार्यालय पूर्वखोलाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । परीक्षण पश्चात् मुटुमा समस्या देखा परेका र आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई गाउँपालिकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने जनाइएको छ ।