📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी

🕒 June 2, 2022

भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको संख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मङ्गलबार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार तुलनामा बुधबार कोरोना सङ्क्रमितको संख्या ९६७ बढेको छ । गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो । गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो ।

हाल यहाँ १९ हजार ५०९ सक्रिय सङ्क्रमित रहेका छन् । यो संख्या कुल सङ्क्रमितको ०.०५ प्रतिशत हो । बुधबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ५८४ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख २० हजार ३९४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

भारतले बुधबार चार लाख ४१ हजार ९८९ को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १३ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।