गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दोलखाको चरीकोट जिरी सडकखण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी रजिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग ठोक्किएर घाइते श्रेष्ठलाई चरीकोटस्थित पशुपति चौलागार्इं स्मृति अस्पतालमा पु¥याइएको र उपचारका क्रममा उनलाई मृत घोषण गरिएको थियो । गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले बताउनुभयो । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *