नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो

सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ ।

सर्वसाधारण भक्तजनको सुबिधाका लागि बिहान ५ बजेदेखि ढोका खुला गरिएको नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान वनमालाले जानकारी दिनुभयो । आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर भगवान् कुमारको पूजा–आराधना गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रोलगायतका पकवान नवदुर्गा भवानीलाई चढाउने परम्परा छ ।

भगवान् कुमारको जन्मदिनसमेत भएकाले आजको दिन नेवार समुदाय कुमार र नवदुर्गा गणको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष बारा र म्हुछ्यामढीसमेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलनसमेते
छ ।

अनादीकालदेखि मानिँदै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमी नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । आजको दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *