सप्तरी जिल्ला वार एकाइको अध्यक्षमा चौधरी

सप्तरी वार एकाइको अध्यक्ष पदमा समावेशी प्रगतिशील समूहका रामप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

शनिबार मध्यराति सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा फुलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा मनु खनाल र सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनाथ शरण, राजनारायण यादव र रहमुल मन्सुरी निर्वाचित हुनुभयो ।

यसैगरी केन्द्रीय पार्षद्मा महेन्द्रप्रसाद देव, केशरलाल खङ्ग, वीरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित हुनुभएको छ । जिल्ला वार एकाइको सहसचिव पदमा समावेशी प्रगतिशील समूहकै किरणकुमारी साह निर्विरोध निर्वाचित हुनुभएको छ । कूल ९७ मतदाता रहेको जिल्ला वार एकाइको निर्वाचनमा ९४ जनाले मतदान गर्नुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *