विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराउनुभयो ।

सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गर्नुभयो ।

अर्का सांसद दीपकप्रकाश भट्टले गतवर्ष महाकालीमा आएको बाढीले त्यसआसपासका धेरै क्षेत्रमा क्षति पु¥याएको भए पनि राहत नपाएको गुनासो गर्नुभयो । उहाँले फेरि वर्षा सुरु भइसकेकाले त्यहाँका जनता थप त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको र मौसम विभागको अनुमानअनुसार धेरै ठूलो वर्षा हुने आकलन सार्वजनिक भएको सन्दर्भमा गम्भीर तयारीमा लाग्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद दिलकुमारीले किसानलाई मल पानीको जरुरी हुने भन्दै उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले अनलाइन पब्जी खेल बन्द गर्न पनि माग गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले सार्वजनिक बिदा दिने र हटाउने कुरा आफूखुसी नगरी उपयुक्त नियम कानुन बनाई दीर्घकालीनरूपमा लागू हुने परिपाटी बसाउन ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गाबहादुर राउतले सरकारले न्यूनतम ज्याला तोकेको भए पनि महिला स्वयंसेविकालगायतको तलब वृद्धि नभएको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले पुस्तक नपुगेका जिल्लामा तत्काल पु¥याउन माग गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक पेश गर्न माग गर्नुभयो । सांसद नवीना लामाले पुस्तक अभाव किन भयो भनी सरकारसँग प्रश्न गर्नुभयो । सांसद नवराज सिलवालले संसद्मा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । स्वास्थ्यमा देखिएको विकृति नियन्त्रण गर्न उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद पुष्पा भुषाल गौतमले कोरोना बीमाको रकम नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

स्कुल समयमा र सरकारी समय फरक पार्न माग

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रकाशमान सिंहले काठमाडौँको फोहर व्यवस्थापन र बजारभाउ नियन्त्रण गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्कुल जाने समय र सरकारी कार्यालय सञ्चालनको समय फरक गर्न आग्रह गर्नुभयो । उहाँले अबको समयमा ट्राफिक व्यवस्थापनको नयाँ योजना अघि बढाउँदै उचित व्यवस्थापन गर्नेपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद देवप्रसाद गुरुङले मध्यपहाडी लोकमार्गको लमजुङ क्षेत्र, मस्र्याङ्दी करिडोरको सडक निर्माण अवरुद्ध भएको तथा चेपे करिडोरको बाटोसमेत अघि बढ्न नसकेको भन्दै ती सडक शीघ्र अघि बढाउन ध्यानाकर्षण गराउनुभयो ।

सांसद टेकबहादुर बस्नेतले किसानलाई मल दिन सरकारसँग माग गर्नुभयो । सांसद डिला सङ्ग्रौलाले फोहरले काठमाडौँ दुर्गन्ध भएको, युवाले रोजगार नपाएको, कानुनको शासन हुन नसकेको, विद्यार्थीलाई पढ्ने पाठ्यपुस्तक नभएको, महँगी बढ्दो क्रममा रहेको तथा हत्या, हिंसा, बलात्कार प्रभावितले न्याय नपाउने अवस्था आएकाले उचित सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।

शून्य समयमा सांसद तेजुलाल चौधरी, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज रावत, नारायणप्रसाद खतिवडा, नारायणप्रसाद मरासैनी, निरुदेवी पाल, पद्माकुमारी अर्याल, पवित्रा निरौला खरेल, पार्वतीकुमारी विशुन्के, प्रेम सुवालले धारणा राख्नुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *