उपत्यकाको फोहोर व्यवस्थापनमा जुट्यो सहमति : राति मात्रै फोहोर व्यवस्थापन गरिने

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ ।

त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल्ड क्षेत्रको फोहोरको दुर्गन्ध हटाउनुपर्ने, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र गरिसक्नुपर्नेजस्ता विषयमा सहमति भएको छ । प्रभावित क्षेत्रका तर्फबाट भएको सहमतिपत्रमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ र ३ का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको तर्फबाट प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको छ ।

गत सोमबार साँझ पनि सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न ११ बुँदे सहमति गरे पनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन । यसअघि भएको सहमतिको व्यवास्ता गर्दै बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयले ढुङ्गामुडा गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको निरन्तर अवरोधका कारण विगत १३ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *