📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

पाटनको हवाई सेवा बन्द

🕒 June 10, 2022

यहाँस्थित पाटनको हवाई सेवा अढाइ महिनादेखि बन्द रहेको छ । गत चैत १० गते पाटन–धनगढी उडान भएपनि त्यसपछि हवाई सेवा बन्द रहेको हो । साताको एक दिन बिहीबार पाटनबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमितरूपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले बताउनुभयो । समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भइरहेकाले पाटन आउन नसकेको जनाएको छ । उहाँले भन्नुभयो, “यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन, लुक्ला र जोमसोमतिर पर्यटकहरूको घुइँचो छ, उतैतिर बढी उडान भर्ने गरेको छ ।”

अढाइ महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुनः सञ्चालनमा आउने समिट एयरका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुक्ला जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा हाल उडान भइरहेको छ, उता बढी यात्रुको चाप हुने सिजन हो, अब उताको सिजन सकिँदैछ, केही हप्तापछि यता नियमितरूपमा सञ्चालन हुन्छ ।”

अठार यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिकरूपमा उडान हुँदै आएको थियो । यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो । यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकामा फागुन पहिलो साता सञ्चालन भएको थियो ।