आगलागीमा घर जल्यो

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा रहेको एक घरमा आज बिहान आगलागी हुँदा चार लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय सरोज तोलागेंको दुईतल्ले काठको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट नगद, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचर सहितका सरसामानहरु जलेर नष्ट भएको छ । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *