📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन

🕒 June 15, 2022

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले मङ्गलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभर मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिन थालेको भन्दै प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा जुट्न जिल्ला समितिलाई परिपत्र जारी गर्नुभएको हो । प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सबै क्षेत्र, पालिका र वडा तहमा विपद् व्यवस्थापन तरुण परिचालन समिति गठन गर्न परिपत्र गरिएको हो ।

यस्तै सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाको तत्काल उद्धार र व्यवस्थापनमा लाग्नसमेत तरुण दलले निर्देशन दिएको छ । प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार व्यवस्थापन र राहत सङ्कलन तथा वितरण गर्दा तरुण दलको साङ्गठनिक मर्यादालाई ध्यानमा राख्न पनि जिल्ला समितिलाई आग्रह गरिएको छ । तरुण दलले आफ्ना जिल्लामा गरिएका विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यको नियमित जानकारी केन्द्रीय कार्यालयमा गराउनसमेत निर्देशन दिएको छ ।