📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘ठेकीको मदानी’ गीत सार्वजनिक

🕒 June 17, 2022

गायक गोविन्द अर्यालको ‘ठेकीको मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतको गायिका मेलिना मैनाली तथा मोडल सुधीर श्रेष्ठ र सुपा खनाल रहनुभएको छ । ‘ठेकीको मदानी’ बोलको गीतमा साजन पराजुलीले शब्द दिनुका साथै नारायण दङ्गालले सङ्गीत संयोजन गर्नुभएको छ ।

उक्त गीतको भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय रहेको छ । सुरेश पाण्डेले कोरियोग्राफी गर्नुभएको उक्त भिडियोलाई महफुज अन्सारीले छायाङ्कन गर्नुभएको हो । सो गीतको भिडियो सुवास देवकोटाले सम्पादन गर्नुभएको हो । मोहन घिमिरे निर्माता रहनुभएको उक्त भिडियो सुधन धितालको निर्देशनमा तयार पारिएको बताइएको छ । —