📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

‘मोचन’ माथि साहित्यिक विमर्श

🕒 June 24, 2022

डा तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल भएको छ । उक्त छलफलमा मोचन उपन्यासलाई विभिन्न कोण र दृष्टिकोणबाट हेर्न सकिने कुरा उपस्थित वक्ता तथा समालोचकहरूले राख्नुभएको थियो ।

साहित्यकार सरुभक्तले २१औँ शताब्दीलाई सम्बोधन गर्ने शक्तिशाली साहित्यिक विधा आख्यान भएको उल्लेख गर्दै मोचनलाई विभिन्न दृष्टिकोणबाट हेरेर व्याख्या गर्नसकिने बताउनुभयो । “साहित्य रचनापश्चात् पाठकको हातमा पुग्दा उनीहरुले आफ्नै दृष्टिले पढ्छन् र लेखकको दृष्टिको कुनै अर्थ हुँदैन”, उहाँले भन्नुभयो ।

आजभोलि कृति लेखिसकेपछि लेखकको मृत्यु हुन्छ भन्ने उत्तर आधुनिक चिन्तन छ भन्दै उहाँले त्यही भएर पाठकका लागि कुनै पनि लेख व्याख्या गर्न खुल्ला रहन्छ उल्लेख गर्नुभयो । धैर्यता र साधनाले लेखनलाई परिष्कृत गर्छ भन्ने कुरामा सरुभक्तले जोड दिनुभयो ।

नेपाली लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले कथा आदिम परम्परा भएको बताउनुभयो । उहाँले कथाको महत्वलाई प्रस्ट्याउनुभयो । जन्मदेखि मृत्युसम्म कथा भएको भन्दै विज्ञानका कुरा भन्नलाई पनि कथा चाहिने श्रेष्ठको राय थियो । उहाँले नेपाली भाषा र त्यसमा राज्यको जिम्मेवारी हुनुपर्ने कुरामा जोड दिनुभयो । राज्य उत्तरदायी हुन नसकेकोमा पनि उहाँले दुःखेसो पोख्नुभयो ।

त्यसैगरी गजलकार प्रकट पगेनी ’शिव’ले कविता, गीत र गजलभन्दा उपन्यास लेखन कठिन भएको र त्यसमा धैर्यताको साधना चाहिने बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण पोस्टका पत्रकार गोपीकृष्ण ढुङ्गानाले नेपालमा हुँदा सामाजिक संरचना र संस्कारका कारण बाँधिने र पश्चिमा देशमा पुग्दा त्यहाँको संस्कार र सभ्यताले स्वतन्त्र बनाई प्रेम पनि बदलिने दृश्यले आचार्यको उपन्यास मोचन फिल्म हेरेजस्तै लाग्ने बताउनुभयो । मोचनमाथिको परिचर्चामा समीक्षात्मक टिप्पणी राख्दै उहाँले भन्नुभयो “यो एउटा पढ्न लायक उपन्यास हो ।”

उपन्यासका बलिया र कमजोर पक्षको बारेमा उल्लेख गर्दै ढुङ्गानाले भन्नुभयो, “मोचन एउटा गतिलो उपन्यास हो र यसलाई अझ लयात्मक बनाउन सकिन्थ्यो ।” उहाँले मोचनलाई ‘सेतो धर्ती” सँग तुलना गर्नुभयो ।

यस्तै लेखक आचार्यले पुरुष मनोविज्ञानमाथि पुरुष लेखकबाटै लेखिएका कमै कृतिमध्ये आफ्नो उपन्यास आएको बताउनुभयो । उहाँले भन्नुभयो “लेखकलाई जिम्मेवार बनाउने जिम्मेवारी समीक्षकहरूको हो ।” श्रीमान् श्रीमतीको सम्बन्धमा दरार आयो भने यसको असर कति भयानक हुनसक्छ भन्ने कुराको उदाहरण मोचनले दिन खोजेको कुरा डा आचार्यको भनाइ थियो । प्रेम, सम्बन्ध, परिवेश र अमेरिकी समाज तथा संस्कृति बुझ्न पनि मोचन पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अभियानका संयोजक सञ्जीव पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव मोहन भण्डारीले सञ्चालन गर्नुभएको थियो ।