नकारात्मक विषयलाई प्राथमिकता नदिन आग्रह

नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता र स्थानीय संवाददाताका लागि दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम कोहलपुरमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको सो अभिमुखीकरणको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले पत्रकारले सूचनाको हकको कार्यान्वयन सही तरिकाले गर्न सुझाव दिँदै पत्रकारितामा नकारात्मक विषयलाई प्राथमिकता दिने विषयको अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल टेलिभिजनलगायतका सरकारी संस्थासँग काम गर्न सरकारलाई सहज हुने उल्लेख गर्दै मिडियाप्रतिको विश्वासलाई टुट्न नदिन पत्रकारले नै विश्वसनीयता कायम गर्नुपर्छ भन्नुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङग शाहले पत्रकारितामा शङ्का र विश्वास दुवै हुने भएकाले राजनीति दलसँग पत्रकारसँगको सम्बन्ध कहिल्यै नटुट्ने बताउनुभयो । उहाँले टेलिभिजन पत्रकारिता अन्य पत्रकारिताको तुलनामा पृथक भएकाले टिभिले दिने सेवा पृथक भएको बताउनुभयो ।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णा केसी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, एनटिभी, कोहलपुरका प्रमुख विजय बर्मालगायतले पत्रकारिताका विषयमा चर्चा गर्नुभएको थियो । दुई दिनसम्म चल्ने सो कार्यक्रममा लुम्बिनी प्रदेशका संवाददाता र कार्यक्रम प्रस्तोतासहित २८ जनाको सहभागिता छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *