निरन्तर वर्षा, समय अघिनै रोपाइँ सुरु

वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न थालिएकोे छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, पोर्ताह, लक्ष्मीपुर, भुल्के, कौवाइजस्ता स्थानमा दैनिक वर्षा भएकाले समय अघिनै धान रोपाइँ सुरु गरिएकोे हो ।निरन्तर वर्षा सुरु भएसँगै चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, देबधारसहित बेलका नगरपालिकाको तपेश्वरी क्षेत्रमासमेत समय अगाडि नै रोपाइँ सुरु भएको सम्बन्धित क्षेत्रका किसान बताउँछन् । समय अगाडि नै धान रोपाइँ गरिएकामा त्रियुगा नगरपालिका– ३ भुल्केका एक किसान रामशरण चौधरी भन्नुहुन्छ्,“धानको बीउ अगाडि नै राखेका थियौँ, निरन्तर वर्षा सुरु भएपछि यस पटक विगत वर्षको तुलनामा दश दिन अगाडि देखिनै रोपाइँ सुरु गरेका हौँ ।”

यस्तै त्रिनपा– १ जोगिदह मोथ्याइका किसान डम्बरबहादुर प्रधानका अनुसार अगाडि देखिनै वर्षा सुरु भएका कारण यस पटक एक हप्ता अगाडिदेखि नै रोपाइँ सुरु गरिएको छ । विगत वर्षमा असार २० गतेभन्दा पछाडि मात्र धान रोपाइँ सुरु गर्ने गरिएको यस क्षेत्रका किसानले यस पटक जेठदेखि नै निरन्तर वर्षा भएपछि असारको पहिलो हप्ताबाट नै रोपाइँ सुरु गरिएको किसान बताउँछन् ।यता जिल्लाको बेलका नगरपालिकाका आम्बासी, भागलपुर, सेतीखेला तथा लालसिसुवा क्षेत्रका केही भागमा पनि निरन्तर वर्षासँगै विगतका समयभन्दा अगाडि नै धान रोपाइँ गरिएको बेलका सिसुवाका रुद्र मगर उल्लेख गर्नुहुन्छ । जेठको दोस्रो हप्तादेखि नै वर्षा निरन्तर हुन थालेपछि सुख्खा लाग्ने हो की भन्ने डरले किसानले केही समय अगाडि नै वर्षाको मौका छोपेर रोपाइँ सुरु गर्न थालेको जोगदहका किसान पुल्कीत चौधरी जानकारी

दिनुहुन्छ ।

वर्षा निरन्तर भएका कारण खेतको हरियो गद्री र मकै सबै हटाएर केही समय अगाडि नै जिल्लाभित्रका किसानले रोपाइँ गर्न थालेका हुन् । कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा झण्डै चौधहजार ५०० हेक्टर जमिनमा वर्षा याममा धानखेती हुँदै आएको छ ।यस पटक समयमानै निरन्तर वर्षा भएको कारण झण्डै ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ हुनसक्ने केन्द्रका प्रमुख महेश चौधरीले बताउनुहुन्छ । विगत वर्षमा असारको तेस्रो हप्ताबाट धान रोपाइँ सुरु भएर साउनको दोस्रो हप्तासम्म जिल्लामारोपाइँ हुँदै आएको थियो


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *