पाल्पा – बुटवल सडक अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । अबिरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो । आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाई परेको छ । सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनैपनि सवारीसाधन चलेका छैनन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *