बालिकालाई जबर्जस्ती करणी गर्ने प्रक्राउ

पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *