प्रश्रितसहित छ जनालाई सम्मान

वरिष्ठ साहित्यकार तथा पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितसहित छ जनालाई भानु साहित्यक प्रतिष्ठानले सम्मान गर्ने भएको छ ।

यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसर पारेर काँकरभिठ्ठामा प्रतिष्ठानले प्रश्रितसहित क्या गोपिलाल लिम्बू (इतिहासकार÷अन्वेषक), जीएन शर्मा (पत्रकार), भानुभक्त कुभिण्डेली (साहित्यकार), शशीप्रसाद बजगाईं (साहित्यकार तथा पत्रकार), मातृकाप्रसाद सङ्ग्रौला (कलाकार तथा साहित्यकार) लाई सम्मान गर्ने भएको हो ।

प्रश्रितलाई रु एक लाख एक हजार र अन्य सबैलाई नगद रु २१ हजारका दरले सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

असार २८ गते भानुजन्यतीको अवसर पारेर प्रतिष्ठानले कविता गोष्ठीसमेत आयोजना गरेको छ । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साहित्यकारको सहभागिता रहने जनाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *