खोलामा बगेर बालक बेपत्ता

शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।
झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उहाँले भन्नुभयो, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।” खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *