📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउँछु : नवनियुक्त अध्यक्ष साह

🕒 June 30, 2022

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष शीतल साहले जनकपुरधामलाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । परिषद् अध्यक्षको रूपमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अध्यक्ष साहले सबै पक्षसँग सहकार्य गरेर जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनुभयो ।

“जनकपुरधाम आफँैमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर हो”, अध्यक्ष साहले भन्नुभयो, “यहाँका धार्मिक र सांस्कृतिस्थलको संरक्षण संवद्र्धन गर्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु मेरो मुख्य लक्ष्य हो ।”

यसैबीच नवनियुक्त अध्यक्ष साहले पदभार ग्रहण गरेलगत्तै वर्षाँैदेखि जीर्ण रहेको जनकपुरधामस्थित रामायण भवनलाई जीर्णाेद्वार गर्ने पहिलो निर्णय गर्नुभएको छ । धार्मिक र ऐतिहासिक भवन भए पनि उपेक्षाका कारण हालसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेकाले यसलाई मर्मतसम्भार गरी जीर्णोद्वार गर्ने आफूले पहिलो निर्णय लिएको अध्यक्ष साहले बताउनुभयो ।

साहलाई नेपाल सरकारले बुधबार परिषद्को अध्यक्षमा नियुक्त गरेको थियो । गत विसं २०४९ मा स्थापना भएको सो परिषद्ले धनुषा र महोत्तरीको धार्मिक र पर्यटकीयस्थलको संरक्षण, संवद्र्धन तथा सौन्दर्यकरणको कार्य गर्दै आएको छ । यसका साथै मिथिला क्षेत्रमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रममालाई व्यवस्थित बनाउने र साथै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यसमेत सो परिषद्ले गर्दै आएको जनाएको छ । परिषद्मा धनुषा र महोत्तरी जिल्लाका सांसद, नगरप्रमुख र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख गरी ३२ सदस्य रहने व्यवस्था छ ।