📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

सिँचाइ व्यवस्थापनले किसानमा उत्साह

🕒 June 30, 2022

पर्यटकीय क्षेत्रअन्तर्गत उत्तरी रसुवाको ठूलो स्याफ्रुमा निर्माणाधीन पहिलो सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह जगाएको छ । हिउँदको समयमा खाली रहने जमिनलाई सिँचाइ सुविधा पु¥याउन जिल्ला सिँचाइ सबडिभिजन कार्यालय रसुवाले पहिलोपटक नयाँ योजना स्वीकृत गरी निर्माण चरणमा अगाडि बढाएपश्चात कृषि उत्पादकत्व बढ्ने आशाले ठूलोस्याफ्रुका बासिन्दामा उत्साह छाएको हो ।

यस वर्ष पूरा रकम विनियोजित नभएका कारण क्रमागतरूपले आगामी वर्षमा ठूलोस्याफ्रु सिँचाइ योजना सम्पन्न गराउने कार्यनीति बनाइएको छ । यस चालु वर्षमा जनश्रमदानसमेत रु ३२ लाख बराबरको काम सम्पन्न गरिएको सिँचाइ प्रमुख निर्मल दाहालले बताउनुभयो । सो योजना स्थानीय उपभोक्ता समितिमार्फत निर्माणकार्य अगाडि बढेको हो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष करमदिन्डूप लामाका अनुसार पर्यटकीय क्षेत्र रहेको ठूलोस्याफ्रुको सिँचाइ व्यवस्थापनले वर्षायामको समयमा छामरूङ नामक लेकाली धान र हिउँद याममा आलु, मकै, गहुँ, करू मिश्रण तरकारीसमेत उत्पादन गराउन सहज हुने छ ।

हिमपातसमेत पग्लेर हिमाली छाँगाबाट निरन्तर प्रवाह हुने पानीको सिँचाइ कुलो योजनाले सिँचाइका साथसाथै खानेपानीको रूपमा उपभोग गराउनसमेत मद्दत पुुग्ने बताइएको छ ।

करिब एक हजार ६०० मिटर लम्बाइ रहेको सिँचाइ योजनामा यस वर्षको पहिलो चरणमा पाइप बिछ्याउने कामसमेत ९०० मिटर निर्माण गरिएको बताइएको छ । आउँदो हिउँदबाट ठूलोस्याफ्रु पाखामा तरकारीको हरियाली बढ्न गई स्थानीयवासीका साथसाथै पर्यटक समेतलाई अग्र्यानिक सब्जी खुवाउन सहज हुने पर्यटन व्यवसायीले बताएका छन् ।

समुद्र सतहदेखि दुई हजार १०० मिटर उचाइको क्षेत्र ठूलोस्याफ्रु क्षेत्रमा पहिलोपटक निर्माण चरणमा अगाडि बढेको सिँचाइ योजनाले एक हजार ५०० रोपनी जमिन सिञ्चित भई ८५० किसान लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ । सिँचाइ कार्यालय रसुवाले पछिल्लो चरण गरेको सिँचाइ विकासको दिगो र भरपर्दाे तवरबाट डिजाइन गर्ने गरेकाले किसान सिँचाइ विकासमा आर्कषण भएका छन् ।