📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक

🕒 July 3, 2022

‘यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो ।

गीतका परिकल्पनाकार आफँै रहनुभएका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोर्नुभएको छ । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट र गौरी भट्टले आवाज दिनुभएको छ ।

उक्त गीतको भिडियोलाई सङ्गीत विकल्पले निर्देशन गर्नुभएको हो भने अमन बडूले छायाङ्कन गर्नुभएको छ । मनोज डङ्गोलले रेकर्ड तथा मिक्सिङ गर्नुभएको छ । गीतमा सर्जक विष्ट, आशा शाही, भुवन बडू र टेक ऐरले अभिनय गर्नुभएको छ ।

‘घर छैन आँसुको’, ‘सुदूरपश्चिम स्वर्गसरी’, ‘जन्म्याभूमि फर्केर आइग्यु दोगडाकेदार’, ‘न्याउली’ जस्ता दजनौँ गीतको सिर्जना गरिसक्नुभएका विष्टले यो गीत पनि फरकपनका साथ तयार पारिएको बताउनुभएको छ । पछिल्लो समय टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सम्बन्धमा आउने उतार चढाव, मिलन, विछोडलाई गीतमार्फत प्रस्ततु गरिएको सर्जक विष्टको भनाइ छ ।