प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी भानु जयन्तीसम्म

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ५ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी भानु जयन्तीसम्म बढाइएको छ ।प्रतिष्ठानले ६५औँ वार्षिकोत्सवको अवसर पारेर आजसम्म १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरेकामा पाठकको रुचि बढेपछि असार २९ गतेसम्म समय थप गरिएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रतिष्ठानको भानुभक्त कक्षमा जारी प्रदर्शनीमा दैनिक सयौँ पाठकको आगमन हुन थालेको छ ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । रु तीनदेखि रु दुई हजार ०७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायत विषयका पठनीय एवं अति उपयोगी करिब ५०० थरीका पुस्तक र पत्रपत्रिका छन् ।

नेपाली वृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायतमा १५ प्रतिशत छुटको व्यवस्था गरिएकोे छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता रु तीनदेखि नेपाली वृहत् शब्दकोशको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँको भनाइ

थियो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीन पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी गर्ने गरिएको छ ।प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको छ । दैनिक ३०० सयभन्दा बढी पाठकले प्रदशर्नी अवोकन गर्न आउने गरेका छन् । दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । यसपटकको प्रदर्शनीमा प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएका ‘आधुनिक नेपाली नारी कथाहरु’, ‘पूर्वी नेपालका मालिक लोकभाका’, विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ को अङ्ग्रेजी संस्करण, यादव खरेलको ‘यस्तै रहेछ यहाँको चलन’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘कर्णालीमा प्रचलित दर्शन परम्परा’, केशवशरण अर्यालले नेपालीमा अनुवाद गर्नुभएको ‘प्रशस्तपादभाष्य’, डा सर्वराज आचार्यको ‘भानुभक्तको जीवनीका मतान्तरको तुृलनात्मक विश्लेषण’, अनुवादक गोपाल अश्क र सम्पादक प्रा डा उषा ठाकुरको ‘प्रज्ञा नेपाली समालोचना’ को हिन्दी अनुवाद पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।

यसैगरी पुरुषोत्तम चौधरीको ‘थारु अभिचार पद्दति’, डा मुकुन्द शर्माको ‘नेपाल भाषाको दाफा भजन’ र नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीले लेख्नुभएको र नारद बज्राचार्यले अनुवाद गर्नुभएको ‘विपात्र’ उपन्यास पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि भानुभक्त कक्षमै पुस्तक प्रदर्शनी गरेको छ । साझाका करिब २३७ थरीका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *