पशुपालक किसानको रोजाइमा डालेघाँस

बागलुङका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तिब्रता दिएका छन् ।

उनीहरुले पशुपालन व्यवसाय फष्टाउनका लागि पछिल्लो समय भू संरक्षण र वन कार्यालयले उत्पादन गरेर वितरण गर्ने डालेघाँसले सहज बनाएको बताएका छन् । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा यस वर्ष मात्रै ३२ हजार डालेघाँसका विरुवा वितरण गरेको छ । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तरगतको शाखा कार्यालय बागलुङले उत्पादन गरेका ३२ हजार डालेघाँसका विरुवा किसनालाई यही असार महिनाभर वितरण गरिसकेको छ ।

पशुपालनका लागि सहज हुँने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्नेछ । सडकको छेउछाउ, खोल्साखोल्सी र खोलानाला छेउमा डालेघाँस रोप्दा पशुपालन र भू–क्षय नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यालयले वर्षेनी सो घाँसका विरुवा वितरण गर्दै आएको छ ।

कार्यालयले बागलुङमा स्थापना गरेको नर्सरीमा उत्पादन गरेको ३२ हजार विरुवा गत सोमबार देखि वितरण शुरु गरिएको थियो । एक हप्तामै ३२ हजार विरुवा वितरण भइसकेको छ । यसले किसानलाई मात्र नभएर भू–संरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने भएकाले सो बिरुवा वितरण गरिदै आइएको छ ।

नर्सरीमा उत्पादन भएका ३२ हजार बिरुवा किसानको व्यावसायिक पशुपालनका आधारमा अनुपात मिलाएर असार मसान्तसम्म वितरण गरिसक्ने लक्ष्य लिएकोमा एक हप्ता अघिनै वितरण सम्पन्न भइसकेको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार राइखन्यू, निमारो, तारुबाँस र काफाल लगायतका आधा दर्जन घाँसका विरुवा वितरण गरिएको छ । भिरालो जमिन, सडकको छेउछाउ, खोलसोल्सी लगायत खाली जमिनमा घाँस लगाउन सकिने भन्दै पछिल्लो समय किसानहरु यसप्रति आकर्षित भएको उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख पौडेलले भन्नुभयो “किसानको माग निमारो, राइखन्यू र काफाल जातको डाँलेघाँसमा बढी छ, त्यही अनुरुप हामीले विरुवा उत्पादनलाई बढाउँदै लगेका छौं, एक हप्तामै ३२ हजार विरुवा वितरण सम्पन्न भइसक्यो ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *