📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

गङ्गामाई रथयात्रा सम्पन्न

🕒 July 7, 2022

आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा पानी माग्दै गरिने गङ्गामाई रथयात्रा सम्पन्न भएको छ ।पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको विशेष पूजा आराधनासहित दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपति नाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ । असारमा गरिने यो जात्रापछि सहकाल हुने भएकाले प्राचीनकालदेखि यसलाई निरन्तरता दिइएको स्थानीय संस्कृतिविद् मुकुन्दराज वैद्यले बताउनुभयो ।

यो जात्रामा राज्यबाट हर्षबढाइँका लागि गुरुज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ । गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको हो । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । गङ्गालाई स्वर्गबाट पृथ्वीमा उतारेको विश्वास गरिन्छ । पशुपति क्षेत्रमा यो जात्रा गरेपछि देशभर वर्षा भई खेतीपाती लगाउन सकिने मान्यतासमेत रहेको छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइएको थियो । रथयात्रामा स्थानीयवासीका साथै देशविदेशबाट आएको भक्तजनको सहभागिता थियो । गङ्गामाई रथयात्रा पशुपतिनाथको बज्रघरबाट सुरु गर्ने परम्परा रहेको कोष धार्मिक महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।