हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने विश्वास

हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले यहाँ पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी गराएको हो । नेपालमै पहिलोपल्ट गर्न लागिएको सो महोत्सव काठमाडौँ, लुम्बिनी र पोखरामा हुने अर्गनाइजेशनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवमा विश्वका विभिन्न देशका करिब २५० देखि ३०० ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहनेछ । तीन चरणमा हुन लागेको सो महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी उद्यान महाचैत्यमा, भदौ ३० देखि असोज १ गतेसम्म काठमाडौँस्थित सोल्टी होटलमा र असोज २ देखि ४ गतेसम्म पोखरास्थित होटल ग्राण्ड बिरौटामा हुनेछ ।

शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाहाकाहारी जीवनशैली प्रवद्र्धनसँगै नेपाललाई ‘भेगन डेष्टिनेशन’को रुपमा समेत प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अर्गनाइजेशनका महासचिव अजित थापाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवका आकर्षणमा एकसयभन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताका ज्ञान तथा अनुभव आदानप्रदान, भीगन खानाका कक्ष, जनावर अधिकारसम्बन्धी शिक्षा, म्याराथन, अन्तक्रिया, चलचित्र प्रदर्शनी, भीगन दूध, दही मासु, चिज, केक तथा मिठाई बनाउने कार्यशाला कक्षा, योग फिटनेश अभ्यास, भीगन च्यालेन्स र मनोरञ्जनात्मक गतिविधि महोत्सवको आर्कषकको रुपमा रहनेछन् ।

महोत्सव अवलोवकन निःशुल्क गर्न पाइने छ भने महोत्सवभित्रका खानपानलगायत सेवा सुविधा उपभोग गर्न भने रु १० हजार तिर्नुपर्ने उहाँले बताउनुभयो । भेगन अर्गनाइजेशनका प्रथम उपाध्यक्ष विष्णुप्रसाद न्यौपानले कुनै पनि जीवजन्तुबाट बनाइने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुरा खाने, सबैप्राणीप्रति दया माया र करुणामय व्यवहार अवलम्बन गर्ने, जीवनशैली र भीगनवादको बारेमा जानकारी गराउनु भएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पछिल्लो समय मानिसको खानपान र जीवनशैलीले मानवीय जीवनमा चुनौती थपिँदै गएको जनाउँदै भेगन महोत्सवले मानवीय जीवनमा यसको महत्वलाई उजागार गर्ने र पोखरालाई भेगन गन्तव्यको रुपमा चिनाउन पनि थप मद्दत पुग्ने बताउनुभयो । उहाँले पोखरा आसपासका कुनै एक गाउँको प्रवद्र्धनका लागि भेगन होमस्टे बनाएर विश्वका भेगनिस्मलाई आर्कषण गर्न सकिने उल्लेख गर्नुुभयो ।

अध्यक्ष भटृराइले पोखरामा हुने भेगन महोत्सवलाई पोखरा पर्यटन परिषद् सहकार्य गरेर अघि जान तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा रेवानका पूर्वअध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनमा भेगन महोत्सवले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मानिसको स्वाभाव बदल्नलाई कुनै पनि विषयको बारेमा ज्ञान महत्वपूर्ण हुने जनाउँदै उहाँले स्वस्थ जीवनशैली, शाकाहारी, अहिंसाले करुणामय जीवन आत्मसात् गर्न सिकाउने भएकाले यो महोत्सव सहयोगी हुने धारणा व्यक्त गर्नुुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *