📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

हराउँदै ‘लुतो फाल्ने’ संस्कृति

🕒 July 18, 2022

बढ्दो आधुनिकतासँगै कुनै बेला चलनचल्तीमा रहेको ‘लुतो फाल्ने’ संस्कृति हराउँदै गएको छ । साउने सङ्क्रान्तिका दिन नेपाली हिन्दू परम्परा अनुसार मनाइने सो चलन पछिल्लो समय हराउँदै गएको हो ।

‘लुतो लैजा, पिलो लैजा…..’ भन्दै अगुल्टोलाई साँझपख घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर फाल्ने गरेको सम्झना वालिङ ८ कि ८० वर्षीया विष्णुमाया बगालेलाई अहिले पनि ताजै छ ।“साउने सङ्क्रान्तिका दिन लुतो फाल्ने भनेपछि दिनभर साथीभाइ जम्मा भएर बनजङ्गलबाट विभिन्न झारपात तथा वनस्पतिहरु खोजेर जम्मा पारिन्थ्यो”, उहाँले भन्नुभयो, “अचेल त्यसको महत्व नै थाहा छैन, यो सँगै तिउँरी लगाउन छाडेर मेहेन्दी लगाउन थालेका छन् ।” उ बेलामा धेरैजसोको खरका छाना भएका घर हुने भएकाले अगुल्टो फाल्दा छानामा पर्न नदिन एकदम सचेत हुने गरेको पुरानो याद झलझली आइरहेको उहाँ बताउनुहुन्छ ।

साउने सङ्क्रान्तिमा हातमा तिउँरी लगाउन तिउँरीका बिरुवा घर वरिपरी प्रशस्तै लगाउने गरिएको वालिङ ८ कै फूलमति सुवेदीले
बताउनुभयो । साउने सङ्क्रान्तिका दिन सानैमा लुतो फाल्ने र हातमा तिउँरी लगाउने गरिए पनि आजभोलि लुतो फाल्नै छाडेको र तिउँरीको सट्टामा बजारबाट मेहेन्दी किनेर लगाउन थालेका उहाँले बताउनुभयो ।

“वनजङ्गल तथा घर वरपर भएका विभिन्न वनस्पति तथा झारपात बटुलेर ल्याउने र साँझ सबै जम्मा भएर अगुल्टो फालेर हातमा तिउँरी लगाउने गथ्र्यौं”, उहाँले भन्नुभयो, “तिउँरीको बिरुवालाई मसिनो गरी पिसेर विभिन्न वनस्पति तथा झारपात मिलाएर कर्कलाको पातले छोपेर लगाउँथ्यौँ ।”

खेतबारीमा हिलोमैलो भएर काम गर्दा छालासम्बन्धी रोग लाग्न सक्ने भएकाले लुतो फाल्ने गरिएको जानकार बताउँछन् । लुतो फाल्दा आ–आफ्नो परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्खघण्ट बजाउने, ढिँकी कुट्ने, ढोका बन्द गर्ने जस्ता चलन छ । पछिल्लो समय कहीँकतै यो परम्परा आंशिकरुपमा रहेपनि धेरैजसो ठाउँमा पछिल्लो पुस्ताले आत्मसात गर्न नसक्दा यसको पहिचान र महत्वसँगै लोप हुने अवस्थामा पुगेको छ ।