लक्षभन्दा बढी राजस्व सङ्कलन लक्ष

तनहुँ आन्तरिक राजस्व कार्यालयले लक्षको १०१दशमलव६५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २७८÷७९ मा लक्षभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।

उक्त आर्थिक वर्षमा लक्षभन्दा रु १५ करोड पाँच लाख ७६ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिनुभयो । कार्यालयले यो अवधिमा रु नौ अर्ब २४ करोड ९२ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । यो वर्ष रु नौ अर्ब नौ करोड ८६ लाख २८ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो । गत आर्थिक वर्ष २७७÷७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो । गत वर्ष लक्षभन्दा केही कम राजस्व सङ्कलन भए पनि यो वर्ष लक्षभन्दा बढी राजस्व सङ्कलन भएको ढकालले बताउनुभयो ।

कार्यालयले यस अवधिमा आयकरतर्फ रु ६५ करोड ४७ लाख १५ हजार, घरबहाल करतर्फ रु एक करोड ८६ लाख ८१ हजार, ब्याजतर्फ रु चार करोड ६७ लाख ८७ हजार, मूल्यअभिवृद्धितर्फ रु ४५ करोड ७५ लाख ५९ हजार राजस्व सङ्कलन भएको छ । अन्तशुल्कतर्फ रु छ अर्ब १७ करोड ५ लाख २१ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब ९० करोड नौ लाख ३७ हजार र शिक्षातर्फ रु पाँच हजार राजस्व सङ्कलन भएको छ । आयकरतर्फ रु ७१ करोड ६१ लाख ४१ हजार, घरबहाल करतर्फ रु ५६ करोड ६८ लाख चार हजार, ब्याजतर्फ रु एक अर्ब आठ करोड १३ लाख नौ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ६१ लाख १२ हजार, अन्तशुल्कतर्फ रु छ अर्ब ४४ करोड दुई लाख ११ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब १५ करोड ७९ लाख १७ हजार र शिक्षातर्फ ३४ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो ।

आयकरतर्फ लक्षको ९१दशमल४२, घरबहाल करतर्फ ३२दशमलव९६, व्याजतर्फ ४३दशमलव २७, मूल्यअभिवृद्धि करतर्फ ७४दशमलव२७, अन्तशुल्कतर्फ ९५दशमलव८१, स्वास्थ्यतर्फ १६४दशमलव१७ र शिक्षातर्फ शुन्य दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार असार महिनामा मात्रै रु ८५ करोड ७९ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।असार महिनामा मात्रै लक्षको १३५ दशमलव२४ प्रतिशत बढी राजश्व सङ्कलन भएको थियो । असार महिनामा रु ६३ करोड ४४ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष राखिएको थियो ।

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असूली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । विगत दुई वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *