संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न

सकिन्छ ।”

आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *