📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

धरानका प्रमुखसहितले गाएको गीत सार्वजनिक

🕒 July 26, 2022

धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राई (साम्पाङ)सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ । सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गर्नुभएको छ ।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका प्रमुख हर्क साम्पाङले पनि स्वर दिनुभएको छ । गीतमा मनोज मोतेले सङ्गीत भर्नुभएको छ । धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो ।

कार्यक्रममा धरान–८ स्थित अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसी चिया धरान पनि नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरिएको थियो । हलुवाइले धरानमा पदयात्रा संस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउँदै आउनु भएको छ । स्वास्थ्यका लागि हिँडौँ भनेर उहाँले प्रत्येक शनिबार नयाँ नयाँ ठाउँमा समूह बनाएर पदयात्रा गर्दै आउनुभएको छ । हलुवाइको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको सङ्ख्या ठूलो छ । पदयात्राको अगुवाइ गरिएकाले यहाँ उहाँ ‘हाइकिङ बाबा’को नामले पनि परिचित हुनुहुन्छ । उनै हलवाइले रचना गरेको हाइकिङ गीत सोमबार सार्वजनिक गरिएको हो ।