यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार आव २०७८÷७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो ।

सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । यो आव २०७७÷७८ को भन्दा रु २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव २०७८÷७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप÷कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो ।मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व सङ्कलन उल्लेखीय बढेको उहाँको भनाइ थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *