अविरल जनसाहित्य यात्रामा डा आचार्यका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ७०औँ अविरल जनसाहित्य यात्रामा कवि डा गोविन्द आचार्यका एक दर्जन कविता प्रस्तुत गरिएको छ । दृष्टविहीन भइकन सिर्जना र प्राध्यापनमा सक्रिय डा आचार्यले अनुष्टुप, पञ्चचामर छन्दका ‘यस्तो मान्छेको खोजीमा’, मान्छेको वाद मान्छे हो’, यस्तो छ जीवन’, ढोका बन्द किन ?’ र अभाव छैन’ शीर्षकका सुन्दर, सरल, सुबोध्य एवं वैचारिक कविता वाचन गर्नुभयो । सहयोगी कवि देबु लुइँटेलले पञ्चचामर छन्दको ‘कवि’ शीर्षकको र अनुष्टुप छन्दको ‘नानी हो सपना देख’ शीर्षकको कविता वाचन गर्नुभयो । सहयोगी कवि ज्ञानु विद्रोहीले अनुष्टुप छन्दको ‘बाटो’ शीर्षकको र लोकलयको ‘बनेको बाटो’ शीर्षकका कविता वाचन गर्नुभयो ।

त्यसैगरी अर्का सहयोगी कवि रूपक अलङ्कारले अनुष्टुप छन्दको ‘यस्तो भयो’ शीर्षकको र शार्दूलविक्रीडित छन्दको ‘आउँछ क्रान्ति यहाँ’ शीर्षकको कविता वाचन गर्नुभयो । सहयोगी कवि एवं कविनायककी छोरी स्वीकृति आचार्यले अनुष्टुप छन्दको ‘यस्तो हुन्छ किन ?’ शीर्षकको कविता वाचन गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का अनुशासन आयोगका अध्यक्ष केशव बडालले राष्ट्रियता समस्यामा परेको र महँगी बढेको समयमा डा आचार्यका कविताले जनताका आवाजलाई बुलन्दरूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले राष्ट्रियता र वर्गीयताका पक्षमा दृढताका साथ लाग्न स्रष्टाहरूलाई आग्रह गर्नुभयो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले सिर्जना र वैचारिक यात्रामा घटक सङ्ठनहरू सक्रिय भएको बताउनुभयो ।

वाचित कवितामाथि समीक्षा गर्दै उपप्राध्यापक डा हरिप्रसाद सिलवालले डा आचार्यका कवितामा समकालीन अराजकता, बजारीकरण, औपनिवेशिकताका विरुद्धका स्वर सशक्त पाइएको र सबै कविताको अन्तरवस्तु सुन्दर रहेको टिप्पणी गर्नुभयो ।

सङ्घका अध्यक्ष राम विनयले छ वर्ष अगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बीचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एक जना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरेको बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *