खजुरामा मानव बेचबिखनविरुद्धको अभियान

मानव बेचबिखनको विरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजतलासलाई तीव्रता दिने, आवासीय विद्यालयलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउनेलगायतका तयारी गाउँपालिकाले गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “मानव बेचबिखनको जोखिममा रहेका र पीडित तथा प्रभावित परिवारलाई रोजगारीको पहिचान गरी रोजगार दिने काम पनि गाउँपालिकाबाट आगामी दिनमा गरिने छ । ” खजुरामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले खजुरा मानव बेचबिखनको उच्च जोखिममा रहेको जनाएको छ । गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले अभियानले मानव बेचबिखन जोखिम हुन नदिन सहयोग पुग्ने बताउनुभयो ।

माइती नेपाल नेपालगञ्जको तथ्याङ्कानुसार बाँके जिल्ला लुम्बिनी प्रदेशमै मानव बेचबिखन जोखिम हुने प्रमुख जिल्लाका रूपमा परेको छ । जिल्लामा बितेको एक वर्षमा हराएका महिलाको खोजतलासका लागि एक सय ३१ जनाको निवेदन परेकामा ४९ फेला परेको सो सस्थाले जनाएको छ ।

फेला परेका ११ जनालाई माइती नेपालले उद्धार गरिसकेको छ । यसमा कोहलपुरका एक, बैजानाथका दुई, खजुराको एक र नेपालगञ्जको एक गरी बाँकेका पाँच जना छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *