झर्ना खोलामा ट्रष्ट पुल निर्माण

बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो ।

यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन् । पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस)ले गरेको छ । समाजका प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताउनुभयो ।

उहाँका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ । यसबाट सो क्षेत्रका छ सय बढी घरधुरी लाभान्वित भएका छन् । वर्षात्का बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दालाई रहेको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *