दाङमा आए १८ डायलायसिस मेसिन

दाङका लागि १८ ‘डायलायसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो । यसअघि प्रतिष्ठानमा पाँच डायलायसिस मेसिनमात्रै थिए भने प्रादेशिक अस्पतालमा पनि पाँचवटा मात्रै थिए ।

सीमित मेसिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो । लामो समय कुनुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो । अब भने त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताउनुभयो । “यसअघि २३ जनामात्रै बिरामीलाई सेवा दिन सकिएको थियो”, उहाँले भन्नुभयो, “अब भने ६० जनासम्म बिरामीलाई सेवा दिन सकिन्छ ।”

प्रतिष्ठानबाट पनि अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका सबै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान दाजु भट्टराईले बताउनुभयो । उहाँका अनुसार अहिले दुई सिफ्टमा मात्रै सेवा दिने गरिएको भए पनि अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । आएका डायलायसिस मेसिन सञ्चालनमा आउन करिब तीन महिना लाग्ने मेडिकल सुपरिटेण्डेन्ट डा सिंहले बताउनुभयो ।

प्रतिष्ठानमा एक्सरे मेसिन

मन्त्रालयले प्रतिष्ठानका लागि एक्सरे मेसिन पनि उपलब्ध गराएको छ । हाडजोर्नीको शल्यक्रियाका लागि उक्त मेसिन उपलब्ध गराएको हो । प्रतिष्ठानका डिन डा सागर पन्थीका अनुसार मेसिन आएपछि हाडजोर्नी बिरामीका लागि उपयोगी हुनेछ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *