रासस आबद्ध प्रेस युनियन केन्द्रीय पदाधिकारी एवं सदस्यको स्वागत

नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा निर्वाचित राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पदाधिकारी एवं केन्द्रीय सदस्यलाई आज रासस केन्द्रीय कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।

नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र शाखाका अध्यक्ष मोहिनी मिश्र रिसालले खादा, माला र अबिर लगाएर सम्मान प्रदान गर्नुभएको थियो ।

नवौँ महाधिवेशनबाट खुला उपाध्यक्षमा केन्द्रीय कार्यालयका भीष्मराज ओझा, उपत्यका प्रतिष्ठान उपाध्यक्षमा केन्द्रीय कार्यालयका जीवन भण्डारी, केन्द्रीय सदस्यमा केन्द्रीय कार्यालयका छविलाल कुमाल, केन्द्रीय सदस्यमा दाङ तुलसीपुर शाखा कार्यालय प्रमुख नारायणी रजौरे र केन्द्रीय सदस्यमा निर्वाचित पाल्पा (रामपुर) का समाचारदाता सुशीला रेग्मीलाई फूलमाला एवं खादा लगाएर स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष झाले लोकतन्त्र रहेन भने प्रेस स्वतन्त्रता कायम नहुने उल्लेख गर्दै राससबाट युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यले लोकतान्त्रिक मूल्य, मान्यताका विषयमा जानकार भएर केन्द्रीय समितिमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

“निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यले राससलाई चिनाउन महत्वपूर्ण काम गर्ने विश्वास लिएको छु, आफ्नो अधिकार मात्र नभई राससको अधिकारका लागि पनि सबैले सोच्ने र काम गर्नुपर्ने अवस्था छ, पत्रकारिता नगरी युनियनलगायत प्रेससम्बन्धी सङ्घसंस्थामा बस्ने अधिकार रहँदैन”, उहाँले भन्नुभयो ।

नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाका अध्यक्ष मोहिनी मिश्र रिसालले नेपाल प्रेस युनियन प्रजातन्त्रवादी पत्रकारको संस्था हो भन्दै देश र प्रजातन्त्रका साथै रासस र सबै पत्रकारको हकहितमा काम गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्नुभयो ।

नवनिर्वाचित उपाध्यक्ष भीष्मराज ओझाले श्रमजीवी पत्रकारका मुद्दा र उनीहरुका हकहितमा युनियनले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा समाजवादी प्रेस सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतम, रासस प्रतिष्ठान शाखाका संस्थापक अध्यक्ष कृष्ण सापकोटा, नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँ, लगायतले श्रमजीवी पत्रकारको हकहितका पक्षमा काम गर्न युनियनका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यलाई सुझाव दिनुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *