सुर्नया पुल निर्माणमा ढिलाइ

बैतडीको पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलदाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको हो ।

सुर्नया नदीमा २०७१ सालमा पुल निर्माण सुरु भएको हो । पचास मिटर लमो उक्त पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आठ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुनसकेको छैन । लामो समयसम्म पुल निर्माण नहुँदा डैसीली, लदौली, सकार, बाडुलासौँ, पोखरी, गनडा, किम्तोली र उल्लकाका बासिन्दा समस्यामा छन् । ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नससकेको स्थानीयको आरोप छ ।

बर्खा लागेसँगै सुर्नयामा पानीको बहाव बढेपछि सो सडक अवरुद्ध हुने गरेको छ । नदीमा पानीको बहाव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने सडक अवरुद्ध हुने गरेको छ । वर्षात्मा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ । सङ्घीयता आएपछि प्रदेश सरकारले बनाउने कि सङ्घीय सरकारले बनाउने भन्ने विषयमा अन्यौल हुँदा पुल निर्माणमा ढिलाइ भएको एस के निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले बताउनुभयो ।

रु दुई करोड ९० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको विष्टले बताउनुभयो । पछिल्लो समयमा २०८० असार मसान्तमा ठेक्का म्याद थपिएको
थियो । विसं २०७९ माघसम्म पुल निर्माण गरिसक्ने विष्टको दाबी छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *