भक्तपुरमा बढ्दै अपराधका घटना

भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८÷७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “आर्थिक वर्ष २०७६÷७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा आव २०७७÷७८ मा ५६५वटा थियो, तर आव २०७८÷७९ मा घट्ना बढेर असार मसान्सम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन् ।”

प्रहरी परिसर भक्तपुुरले आव २०७८÷७९ मा ६६० वटा अपराधका घटना घटने अनुमान गरेकोमा अनुमान भन्दा घटना बढी भएको उहाँको भनाइ थियो । भक्तपुरमा बलात्कार, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागुऔषध कारोबार तथा सेवन बढेको पाइएको छ । यहाँ घटेका अपराधमध्ये १४ दशमलव ६६ प्रतिशत घट्ना महिला तथा बालबालिकासम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो ।

एक वर्षमा भक्तपुरमा बैंकिङ कसूरमा २४७, चोरीमा ९७, अभद्र व्यवहारमा ७०, झुण्डिएर मृत्युमा ६०, भवितव्य ज्यान ५२, लागु औषधमा ४२, जबरर्जस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, बहुविवाहमा १२, ठगीमा ११, जबरर्जस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुव्र्यवहारमा चार, मुद्रासम्बन्धी कसूरमा चार, चोरी उद्योगमा तीन मुद्दा दर्ता भएका छन् ।

त्यस्तै सवारी अङ्गभङ्गमा तीन, गम्भीर उत्तेजनामा कुटपिट गरेकोमा तीन, ज्येष्ठ नागरिकसम्बन्धी कसूरमा दुई, आपराधिक उपद्रोमा दुई, सङ्क्रमण रोग फैलाउनेमा दुई, विस्फोटक पदार्थमा एक, बैंकिङ तथा वित्तीय कसूरमा एक, अपरहणमा एक, नागरिकतासम्बन्धी कसूरमा एक, गर्भ संरक्षकसम्बन्धी कसूरमा एक, बालबालिकासम्बन्धी कसूरमा एक र जातीय भेद्भाव तथा छुवाछुतमा एक गरी कूल ८३२ वटा मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

यी घटनामा एक हजार ६ जना अभियुक्त रहेकोमध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेका छन् । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले अपराधमा कूल घट्ना र अभियुक्तमध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिक कसूरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घटनाको कारण लागुऔषधनै रहेको बताउँनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *