सेनाद्वारा विद्यालय भवन निर्माण

नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ ।

सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण गर्नुभयो । सो अवसरमा पृतनापति खड्काले सेना र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन विद्यालय भवन निर्माण गरिएकोे बताउनुभयो ।

सभाकक्ष, कक्षाकोठा र शौचालयसहितको भवन निर्माणका लागि रु ३५ लाख बजेट उपलब्ध गराए पनि रु ३२ लाख १८ हजार आठ सय ५५ मा ठेक्का लागेर भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।भवन हस्तान्तरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले विद्यालय भवनले ग्रामीण क्षेत्रको शिक्षाका विकासमा टेवा पुग्ने
बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *