पहिराले अवरुद्ध थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालन

पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।

म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उहाँले बताउनुभयो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *