रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

केको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड थेगिनसक्नु छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक कुरेर बस्नुपर्ने विडम्बनापूर्ण स्थितिको अन्त्य अभैm हुनसकेको छैन ।

“बाँके जिल्ला नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको बुझाइ छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “यो नै गलत बुझाइ हो । बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ । तर वर्षौँदेखि सीमापारि सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोच परिवर्तन हुन सकेन ।”

केही समयअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजार बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नीति जारी गरेपछि रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । तर यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ ।

चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा कोचिएर, कष्टम र एसएसबीको हेपाइ सहेर किन नेपाली रुपैडिहामा सामान लिन जान्छन् ? पारि बजार जाने उपभोक्ता भन्छन, “नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नु पर्दैन ।”

घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी सम्पन्न भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोड बढीको कारोबार हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आकलन गरेको छ । अझ चाडपर्वका बेला त उपभोक्ताको सङ्ख्या र रकम दोब्बर हुने गरेको छ ।

नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग व्यापार सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेका कारण सीमापारि जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकारको बुझाइ छ ।

भन्सार नियममा पारिबाट सामान ल्याउने जो कोहीले पनि भन्सार तिर्नुपर्छ । तर यो नियम व्यवहारिक हुनसकेको छैन । नेपालगञ्जका व्यापारीहरु भन्छन्, “नियमलाई कडाइका साथ पालन गर्नुप¥यो ।” नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी नख्खुल शर्मा भन्नुहुन्छ, “हामीले नियमलाई कडाइका साथ पालना गराउने प्रयत्न गरेका छौँ । कतिपय अवस्थामा व्यवहारिक पक्षलाई पनि ख्यान राख्नुपर्छ ।”

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि यो विषय धेरैपटक सल्टाउन खोज्यो तर नतिजा ‘हात लाग्यो शून्य’ छ । सङ्घका पूर्वअध्यक्ष बैश्यले भन्नुभयो,“दिनहँु हाम्रै आँखा अगाडि सयाँै उपभोक्ता भन्सार नतिरेरै सामान ल्याउँछन् । भन्सार कार्यालयले शून्य सहनशीलतामा काम गर्नुपर्छ, यही कुरा हामीले बारम्बार भन्दै आएका छौँ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *