📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

गाई शीर्षकको कला प्रदर्शनी सम्पन्न

🕒 August 23, 2022

गाईजात्रा एवं श्रीकृष्ण जन्माष्टमीको अवसर पारी पोखराको चिप्लेढुङ्गास्थित नगेन आर्ट एकेडेमीमा आयोजना गरिएको ‘गाई’ शीर्षकको कला प्रदर्शनी सम्पन्न भएको छ ।गत साउन २६ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित प्रदर्शनीमा कलाका क्षेत्रमा रुचि राख्ने एक हजारभन्दा बढी व्यक्ति सहभागी भई अवलोकन गरेको नगेन आर्ट एकेडेमीका अध्यक्ष ज्योति हमालले जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं विश्व हिन्दू युवा सङ्घ ललितकला विभाग प्रमुख कलाकार नगेन सिंहद्वारा ‘अल्कोहलिक ईंक’ का माध्यमद्वारा बनाइएका २१ वटा चित्र प्रदर्शनीमा राखिएका थिए ।
समापनका अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले गाईको अस्तित्व नै धरापमा परिरहेको समयमा गरिएको प्रदर्शनीले विशेष महत्व झल्काउने बताउनुभयो । विश्व हिन्दू युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङग शाहले गाईको महत्वलाई बुझ्न नसकिएको बताउँदै यसको संरक्षणका लागि आम जनमानसमा सचेतना अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।
विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य इन्दिरा कोइराला, कलाकार नगेन सिंह, एकेडेमीका अध्यक्ष ज्योति हमाललगायतले गाईको महत्वलाई उजागर गर्न नसक्दा यसको अस्तित्व नै सङ्कटमा पर्दै गएको धारणा व्यक्त गर्नुुभयो ।
शिशु निकेतन स्कुलकी कक्षा ४ मा अध्ययनरत छात्रा रुक्साङ पुनले माटोबाट तयार गर्नुभएको गाईको मूर्ति विश्व हिन्दू महासङ्घका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
–––गाई शीर्षकको कला प्रदर्शनी सम्पन्न